सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गरिएको छ ।
२५६४ औँ बुद्धजयन्तीका अवसरमा आज बिहीवार साँझ ७ बजे सबै सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर दीप प्रज्वलन गरिएको हो ।
सो अवसरमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गरिएको थियो ।