सागर महत
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तहहरुमा विपत कोषमा कुल २ करोड ८९ लाख ६६ हजार रुपैया जम्मा भएको छ ।
पालिकाहरुले विपत कोषलाई छुट्टाएको रकम, प्रदेश सरकारको सहयोग र स्थानियतहको सक्रियतामा २ करोड ८९ लाख ६६ हजार रुपैया जम्मा भएको हो । जिल्लाको शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैया जम्मा भएको छ ।
भुगोलका दृष्टिकोणले नेपालकै ठुलो शितगंगा नगरपालिकाको राहतकोषमा १ करोड ५ लाख रुपैया संकलन भएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिएका छन ।भुमिकास्थान नगरपालिकाको कोरोना नियन्त्रण राहतकोषमा १९ लाख ५० हजार रुपैया जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारीले जानकारी दिनुभयो ।
यता सन्धिखर्क नगरपालिकाको कोषमा ५१ लाख ७३ हजार रुपैया संकलन भएको प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले बताए। छत्रदेव गाउँपालिकाको राहत कोषमा ५६ लाख १९ हजार रुपैया संकलन भएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिए। पाणिनी गाउँपालिकाको राहतकोषमा ३९ लाख ५० हजार रुपैया जम्मा भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन।
यस्तै मालारानी गाउँपालिकाको राहतकोषमा १७ लाख ७४ हजार रुपैया जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर गाहाले जानकारी दिए ।