लाईन्स कल्व अफ काठमाडौ मार्फत अर्घाखाँची जिल्ला अस्पताललाई उच्च गुणस्तरिय पिपिई सहयोग (तस्बिर सहित)
बैशाख २६ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
सन्धिखर्क, व्युरो रिपोर्ट (अर्घाखाँची डटकम) । विश्वभर कोरोना संक्रमण फैलिएको समयमा लाईन्स कल्व अफ काठमाण्डुले अर्घाखाँची जिल्ला अस्पताललाई उपलब्ध गराएको उच्च गुणस्तरीय पाँचथान पिपिई अर्घाखाँची डटकम् मार्फत अर्घाखाँची जिल्ला लाई हस्तान्तरण गरिएको छ ।
अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन र प्रशासन व्युरो दीपक भुसाल जिल्ला अस्पताल मैं पुगी अर्घाखाँची जिल्ला अस्पताल प्रमुख कपिल गौतम लाई पिपिई हस्तांतरण गरिएको छ ।
यसरी उच्च गुणस्तरिय पिपिई उपलव्ध गराएकोमा लाईन्स कल्व काठमाण्डू लाई प्रशंसा गर्नुहुदै गौतमले अर्घाखाँची डटकम् ले यसलाई अस्पताल मै पुगेर हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।