अर्घाखाँचीका कम्युनिस्ट नेता तथा पुर्व शिक्षक बुद्धि रायमाझीको निधनप्रति प्रगतिशील लेखक संघद्वारा शोक व्यक्त

सन्तोष के.सी 
सन्धिखर्क, अर्घाखाँची । प्रगतिशील लेखक संघ जिल्ला समिति अर्घाखाँचीले प्रगतिशील लेखक संघ जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष बुद्धि बहादुर रायमाझीको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
जिल्ला उपाध्यक्ष कमल प्रसाद घिमिरे र सचिव भेष बहादुर केसीद्वारा हस्ताक्षरित शोक व्यक्तव्यमा नेपालको कम्युनिस्ट आन्दोलनको धरोहर, राष्ट्रीय मुक्तिको लागी निरकुंश पञ्चायती व्यवस्थाविरुद्धको लडाईमा १३ बर्षको कठोर जेल जीवन बिताएर राष्ट्रको निम्ति बलिदान दिनपछि नपर्ने समाजसेवी बौद्धिक ब्यक्तित्व प्रगतिशील लेखक संघ जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष बुद्धि बहादुर रायमाझीको विगत दुई बर्ष देखि अस्वस्थ भई उपचारको क्रममा काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा ७० बर्षको उमेरमा भएको असामयिक, अकल्पनीय दुःखद निधनले प्रगतिशील लेखक संघ जिल्ला समिति अर्घाखाँचीलाई अत्यन्तै मर्माहित र स्तब्ध तुल्याएको छ भनि शोक व्यक्तव्य जारी गरेको छ।
अस्ताए बुद्धि रायमाझी, शोकमा डुब्यो अर्घाखाँची
अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनका नेता,  नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता तथा  श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका  पुर्व शिक्षक  बुद्धि बहादुर रायमाझीको फाेक्साेकाे क्यान्सरका कारण २०७७ वैशाख २२ गते सोमवार अपरान्ह ३ बजे काठमाडौमा दु:खद निधन भएको थियो ।

अन्य समाचारहरु