अर्घाखाँचीडट्कम सवादाता
गोरसिङे । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल तर्फ जादै गरेको बा १५ च ६८६७ नम्बरको कार सन्दिखर्क गोरुसिगें सडक खण्ड अन्तगर्त कपिलवस्तुको गोरुसिङ्गे चोक नजिकै दुर्घटना हुदा एक जना समान्य घाइते भएका छन ।
तिव्र गतिको कारण कारमा सवार अर्घाखाँची जिल्ला मालारानी गाउपालीकाका सिता खनाल सामान्य घाइते भएको प्रत्यक्ष दर्शि पुनाराम बेल्वासेले जानकारी दिए।
सन्धिखर्कबाट बुटवल जादै गरेको कार तिब्र गतिका कारण अनियन्त्रीत भएर बाटो तल्तीर खसेको बेल्बासेले बताए ।
कार सवार अन्य दुइजना मोति खनाल रअजय खनाललाइ भने केहि नभएको बेल्बासेले बताए ।