अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विद्युत लाईन सहज आपूर्तिमा समस्या भएको छ ।
झिम्रुक हुँदै आउने लाईन प्युठान खण्डमा तथा बुटवलबाट आउने लाईन बुटवल पाल्पामा सम्स्या भएको कारण विद्युत आपूर्तिमा समस्या भएको हो ।
उता अहिले झिमरुकबाट आउने लाईन सुचारु भएता पनि अझै पनि पूर्ण रुपमा लाईन चल्न सकेको छैन् । बुटवल-पाल्पा खण्डमा भएको समस्या हालसम्म पत्ता नलागेको कारण पूर्ण रुपमा बिद्युत चल्न नसकेको नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले बताएको छ ।
अर्घाखाँचीबासील वर्षौदेखि विद्युत नियमित नहुँदा समस्या भोक्दै आएका छन् ।