अर्घाखाँचीका यातायात व्यवसायीहरु आर्थिक संकटमा, लंका यातायात अध्यक्षद्वारा गाडीका सबै बिमा र कागजपत्र नबिकरण राज्यले गर्नुपर्ने माग

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका युवा ब्यबसायी तथा लंका यातायातका अध्यक्ष कृष्ण बहादुर भुसालले दैनिक कमाएर बैंकको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक संकटमा परेको बताउनु भएको छ । 
गाडी चलाएर कमाउन नपाउने तर बैंकले ब्याज र किस्ता नछाड्ने ईन्सुरेन्स तिर्नु पर्ने नबिकरण गर्न पैसा नहुने राज्यले कुनै वास्ता नगर्ने गरेका कारण   ब्यबसायी  समस्यामा परेको भुसालले डट्कमलाई बताउनुभयो । 
लामो समय लकडाउन हुने र बैंकले एक सुका पनि नछोड्ने हो भने यातायात  व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्था आउने उहाको दावी छ । 
यात्रुवाहक सवारीसाधन यतिबेला पुर्ण रुपमा  ठप्प छन् । ४८  दिन भइसक्यो सवारीसाधन सञ्चालन नभएको तर बैंकले ब्याज र किस्तामा कुनै सुविधा नदिएपछि व्यवसायी पलायनको अवस्थामा पुगेको ब्यबसायीहरु बताउछन् ।
  
उहाँले भन्नुभयो, “हामीले गाडी चलाउन पाएका छैनौँ, बैङ्कको किस्ता र ब्याज कसरी तिर्नु तर बैंक तथा सहकारीले जसरी पनि किस्ता तिर्नुपर्छ भनिरहेका छन्, कोरोनाले त गरिब मजदुरलाई भोकै मारेर बैंकलाई उभो लगाउने भयो, मजदुरलाई समस्या परेको कस्ले बुझ्ने  ।
व्यवसायीले बैङ्कको किस्ताबाट गाडीमा लगानी गरेका छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैंक तथा सहकारीको लगानी हुन्छ । सार्वजनिक यातायातको क्षेत्रमा करिव ४० लाख प्रत्यक्ष अप्रत्यक्ष आश्रित छन् । काम गर्न नपाएपछि छाक टार्न समस्या भइरहेको बेला बैंकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ । 

अन्य समाचारहरु