२०७७ वैशाख ३०, मंगलवारमा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
आबुधाबी । यूएईको आबुधाबीमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका एक जना युवाको कोरोनाको कारण मृत्यु भएको छ ।
आबुधाबी ब्रुजेल अस्पतालमा भर्ना गरिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनी र खाची मैदान बिचको लम्चा गाउँका ३९ वर्षिय खुम बहादुर थापाको कोरोनाको कारण मंगलबार मृत्यु भएको हो ।
थापाले युवा आबुधाबी रेष्टुरेन्टमा काम गर्थे । कोरोना संक्रमणका कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
खाँचीकोटको लम्चा गाउँ लगायत ।
उता यसअघि बैशाख २१ गते भुमिकास्थान नगरपालिका वार्ड नं ८ नुवाकोट च्युरामाटी नयाँघरका युवराज गैरेको कोरोनाका कारण ज्यान गएको थियो ।
यस्तै मे ६ तारिक बुधबार शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको धनचौरका बिष्णु प्रसाद न्यौपानेको कुवेतमा मृत्यु भएको थियो ।