अर्घाखाँचीका स्थानिय तहलाई चौतारी लघुबित्त बित्तीयद्वारा आर्थिक सहयोग प्रदान

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडले कोरोना राहत कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
अर्घाखाँचीमा संचालित लघुबित्तका ५ शाखाहरु कार्यालयहरुले आफ्नो कार्य क्षेत्रमा पर्ने सम्बन्धित नगरपालिका र गाउँ पालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको हो । 
बिहीबार एक कार्यक्रमकाबीच जिल्लाको भुमिकास्थान नगरपालिका , सितगङा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेब गाउँपालिकाका पालिका प्रमुखहरुलाई स्थानीय पालिकामा कार्यरत संस्थाका शाखाका प्रमुखहरुले चेक हस्तान्तरण गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले संस्थामा कार्यरत कर्मचारी तथा शेयर सदस्यहरुलाई कोरोनाभाइरस विरुद्धको जनचेतना अभियानमा लाग्न अपिल गरेको जानकारी दिए ।

अन्य समाचारहरु