अर्घाखाँचीमा सहिद टंक भुसालको ३९ औं स्मृति दिवस मनाइयो (तस्बिर सहित)
जेष्ठ २ गते, २०७७ मा प्रकाशित
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची जेष्ठ २, । नेपालकै प्रथम शिक्षक सहिद टंक भुसालको ३९ औं स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
जिल्लामा क्रियाशिल शिक्षकका पेशागत संगठनहरुको संयुक्त आयोजनामा आज स्मृति दिवस मनाईएको हो । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण औपचारीक कार्यक्रम नभएपनि सन्धिखर्कको शान्ति बगैचामा रहेको स्वर्गीय भुसालको शालिकमा अबिर तथा माल्यापर्ण गरीएको अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष युवराज भुसाल,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति अर्घाखाँचीका प्रतिनिधि पानबहादुर खत्री, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेकबहादुर थापा र अखिल नेपाल शिक्षक संघका भुपु जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरे लगायतले भुसालको शालिकमा अबिर र माल्यापर्ण गर्नुभएको थियो ।
२०११ साल पौष १ गते बुबा जिबलाल भुसाल र आमा केशवति भुसालको कोखबाट साबिक अर्घा गाबिस वडा नं. २ को अर्घामा जन्मनु भएका भुसाल पेसाले शिक्षण कार्यमा संलग्न हुनुहुन्थ्यो । लगनशिल,कर्मठ,मिलनसार,समाजसेबि ,बुद्धीजिबी र साहसी ब्यक्तिको रुपमा परीचित भुसाललाई पञ्चायति ब्यबस्थाको बहिष्कारको आरोप लगाउदै अर्घारजस्थल माबि अर्घाबाट कक्षा कोठामा पढाउदै गरेको अबस्थामा प्रहरीले आफ्नो कब्जामा लिई हिरासतमा राखी २०३९साल जेष्ठ २ गते २८ बर्षको कलिलो उमेरमा यातना दिएर निर्मम तरीकाले कुटी कुटी हत्या गरेको थियो ।
हामीले तलाँई छोड्दिन्छौ तंैले माफ माग्नुपर्छ भनेर प्रहरीले भन्दा उहाँले प्रतिकृयाबादीहरु संग माफ माग्ने मेरो बर्ग चरीत्र होईन भन्दै हाँसी हाँसी देश र जनताको लागी बलिदानी दिनु भएको थियो । सोहि दिनको सम्झनामा प्रत्येक बर्ष जेठ २ गते अर्थात आजैका दिन स्मृति दिवस मनाउने गरिएको छ ।
२०३८ साल जेठ २ गते निरंकुश पन्चायती तानसाही व्यवस्था अन्तर्गत चुनाब बहिस्कार आन्दोलन प्रचार प्रसारको क्रममा टंक भुसाललाई तत्कालिन व्यवस्थाको पहरेदारी रक्त पिपासु पुलिस इन्स्पेक्टर नवराज बहादुर सिह द्वारा पिडादाइ हत्या गरिएको थियो।
वहाँ पार्टिको होनहार क्रान्तिकारी निडर निस्ठावान योद्धा हुनुहुन्थ्यो। वहाँलाई चुकाउन आत्मसमर्पण गर्न बाध्य बनाउने कोसिस गर्दा उहाँ बरु मर्न तयार हुने तर आफ्नो स्वाभिमान झुक्न नदिने जस्तो सहासी जवाफ दिनुहुन्थ्यो।
नेकपा मसालको महामन्त्री क. मोहन बिक्रम सिहले क. टंकको सालिक निर्माणका लागि पास्पोर्ट साइज फोटो लिएर मकहाँ दिल्ली जानू भएको थियो। अखिल भारत नेपाली एकता समाजको पहलमा केही आर्थिक संकलन गरि क. मोहन बिक्रम सिह जयपुर गइ मुर्ती बनाउन वहाको महत्वपुर्ण भुमिका रहेको थियो।