अर्घाखाँचीका अति विपन्न परिवारलाई सहयोग गरी फोटो सार्वजनिक नगर्ने निर्माण ब्यबसायी काशीराम बस्याल

भानु पराजुली ( कल्पित ) 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका समाजसेवी बरिष्ट निर्माण ब्यबसायी काशीराम बस्याल अहिले सामाजिक काममा ब्यस्त छन् । 
बिश्वब्यापी फैलिएको कोरोना रोग र लगडाउनका बेला अति अति विपन्न परिवारहरुलाई समाजसेवी कासि बस्यालले सहयोग गर्दै आउनु भएको छ । भने उहाले फोटो सार्वजनिक नगर्ने बताउनु हुन्छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ मा रहेको ज्ञानप्रकास माध्यमिक बिधालयमा लामो समयदेखि अध्यक्ष रहदै आउनु भएका बस्यालको नेतृत्वमा शैक्षिक क्षेत्रको बिधालयले आमुल परिवर्तन गरेको स्थानियबासीहरु बताउछन् । उक्त बिधालय जिल्लाको नमुना बनाउन अध्यक्ष बस्याल लागि परेका छन् ।
बस्यालको नेतृत्वमा गएको दिपावलीमा देउसी भैलो खेलाई ठुलो धनरासी संकलन गरि बिधालयको बृहत बिकासका लागि योजना बनाई काम सुरु गरिएको छ ।
नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीका सहअध्यक्ष सागर कन्ट्रकसनका सन्चालक बस्याल नेपाली कांग्रेस अर्घाखाँचीका नेता समेत हुन । उनले दुखि पिडितको सेवा गर्न पाउदा आफु अत्यन्तै हर्षित हुने गरेको बस्याल बताउछन । 
बस्याल अर्घाखाँचीका दर्जनौं संघ संस्थामा आबद्द छन् भने सामाजिक संघ संस्था मार्फत जिल्लाको बिकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

अन्य समाचारहरु