अर्घाखाँचीमा स्वास्थ्य सेवामा निरन्तर खटिदै छायाँ पोली क्लिनिकका संचालक समाजसेवी दलबहादुर केसी

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची जेठ ४ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीले  बिश्वब्यापी फैलिएको कोरोना रोग नियन्त्रण गर्नका लागि  साबधानी अप्नाउदै प्रभाबकारी सेवा दिईरहेको प्रा.लीका संचालक दल बहादुर केसीले जानकारी दिनु भयो ।
जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छायाँ पोली क्लिनिक प्रा.ली अर्घाखाँचीले  नियमित स्वाथ्य चेकअप गर्ने २ जना एमडिजिपी बिशेषज्ञ डाक्टरले  सेवा दिईरहेका छन् ।
गुणस्तरीय भिडियो एक्सरे डिजिटल एक्सरे ल्याव सेवा मुटुको ईसिजी थाईराईट सुगर प्रेसर सम्बन्धी बिरामीले गुणस्तरीय सेवा लिईरहेका छन् । सन्धिखर्कको शान्तिबगैचा मुनि पुलनिर आफ्नै  सुविधा सम्पन्न भबनबाट सेवा दिईरहेको छायाँ पोली क्लिनिकले कोरोना रोग नियन्त्रणका लागि सेनिटाईजर गुणस्तरीय माक्स समेत बितरण गरेको थियोे ।
अर्घाखाँचीको  परिचित छायाँ पोली क्लिनिक अर्घाखाँचीले ३ दर्जन कर्मचारीहरुलाई रोजगारी   दिईरहेको अर्घाखाँचीका बरिष्ट समाजसेवी स्वाथ्य बिद् संचालक दल बहादुर केसीले बताउनु भयो । दलबहादुर केसी अर्घाखाँचीका लोकप्रिय समाजसेवी तथा सामाजिक अभियान्ता हुन दिन दुखीलाई दिनहु सहयोग गर्ने केसी  बिरामीहरुका प्रिय पात्र मानिन्छन ।
यस्तै सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएका दल बहादुर केसीले अर्घाखाँचीका दर्जनौं सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्दै आएका छन् । सरल स्वभाबका धनि दलबहादुर केसी जिल्ला आँखा अस्पताल अर्घाखाँचीको अध्यक्ष हुनुहुन्छ । गरिव दुखी देखे तत्काल सहयोग गर्ने केसीले स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुराउनु भएको छ ।

अन्य समाचारहरु