सन्धिखर्कको छायाँ पोली क्लिनिकका सबै स्टाफ, जाचँ गर्न आएका सबै विरामीको पिसीआर गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा गुल्मीका कोरोना संक्रमितले चेकजाँच तथा उपचार गराएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले शिल गरेको छ । 
बैशाख ३१ गते आफन्तसँग मोटरसाइकलमा सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा आएर  गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकले चेकजाँच तथा उपचार गराएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले शिल गरेको हो ।   
औषधि खाँदा पनि सञ्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क ल्याइएको थियो । बैशाख ३१ गते छायाँ पोली क्लिनिकले चेकजाँचपछि उनलाई बैशाख  ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो ।
उता जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले डट्कमलाई बताए अनुसार छायाँ पोली क्लिनिक काम गर्ने सबैको पिसीआर चेकजाचँ गरिने भएको छ । 
साथै छायाँ पोली क्लिनिकमा ३१ गतेपछि  जचाउन आएका सबै विरामीको समेत पिसीआर चेकजाचँ गरिने भएको छ । यसका लागि प्रशासनले उनिहरुको विवरण खोजी शुरु गरेको छ । 
छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र बैशाख  ३१ गतेपछि उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजी गरिएको हो । 
 ति युवाले शुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछी स्थानीय मेडिकलमा परीक्षण गराएको र त्यहाँबाट छायाँ मेडिकल हलमा पनि परीक्षण गराएको बताईएको छ । अर्घाखाँचीबाट उनी बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएको बताईएको छ ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

दमको रोगी समेत रहेका ति युवालाई हाल थप उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ भने क्रिमसन हस्पिटल सिल गरिएको छ ।

स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको पनि   जनाईएको छ । 

 संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

अन्य समाचारहरु