सन्धिखर्कको छायाँ क्लिनिकका १० जना स्वास्थ्यकर्मीको पीसीआरको लागि स्वाब भैरहवा पठाइयो, सम्पर्कमा आएकाको खोजी जारी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गुल्मीका कोरोना संक्रमितले चेकजाँच तथा उपचार गराएको अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीका १० जना डाक्टर, स्वास्थ्यकर्मीहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ । 
यस्तै र उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजेर कोरोना जाँच गरिने भएको छ । 
बैशाख ३१ गते आफन्तसँग मोटरसाइकलमा सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लीमा आएर  गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकले चेकजाँच तथा उपचार गराएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले शिल गरेको छ ।   
औषधि खाँदा पनि सञ्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क ल्याइएको थियो । बैशाख ३१ गते छायाँ पोली क्लिनिकले चेकजाँचपछि उनलाई बैशाख  ३१ गते राति (जेठ १) नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो ।
गुल्मीका कोरोना संक्रमितलाई बुटवल लगेको छायाँ पोली क्लिनिकको एम्बुलेन्स ।
उता जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले डट्कमलाई बताए अनुसार छायाँ पोली क्लिनिक काम गर्ने सबैको पिसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ ।  
साथै छायाँ पोली क्लिनिकमा जेठ १ गतेपछि  जचाउन आएका सबै विरामीको समेत पिसीआर चेकजाचँ गरिने भएको छ । यसका लागि प्रशासनले उनिहरुको विवरण खोजी शुरु गरेको छ । 
छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र जेठ १ गतेपछि उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजी गरिएको हो । 
 ति युवाले शुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछी स्थानीय मेडिकलमा परीक्षण गराएको र त्यहाँबाट छायाँ मेडिकल हलमा पनि परीक्षण गराएको बताईएको छ । अर्घाखाँचीबाट उनी बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएको बताईएको छ ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
दमको रोगी समेत रहेका ति युवालाई हाल थप उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगिएको छ भने क्रिमसन हस्पिटल सिल गरिएको छ ।
स्थानीयका अनुसार मदाने गाउँपालिकाले उनको घरनजिकै ज्वरो क्लिनिक राखेको थियो । त्यहाँ भारत र तेस्रो मुलुकबाट आउनेको ज्वरो र स्वास्थ्य परीक्षण गर्ने गरिएको पनि   जनाईएको छ । 
 संक्रमण देखिएका उनको जेठ २ मा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

अन्य समाचारहरु