अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजारका विभिन्न स्थानहरुबाट ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ ।
लकडाउनको अवधिमा सन्धिखर्क र चुत्राबेसी बजारका विभिन्न स्थानहरुबाट ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।
प्रहरी टोलीले विशेष सुचनाको आधारमा सन्धिखर्क र चुत्राबेसी बजार एरियाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ अं.२६०० लिटर तथा तयारी अवस्थामा रहेको अं.३६५ लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिएको भाडा १२ सेट, कच्चा पदार्थ तथा तयारी रक्सी भण्डारण गरिएका प्लाष्टिकका सानो ठुला गरी ९४ बरामद गरिएको छ ।
उक्त बरामद गरेको घरेलु मदिरा तथा कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालयको परिसर भित्र आजै नष्ट गरिएको थियो ।