अर्घाखाँचीमा विद्युत प्राधिकरणद्धारा लकडाउनमा थुनिएका सेवाग्राहीलाई महशुल बुझाउन ताकेता
जेष्ठ ६ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लामा नेपाल विद्युत प्राधिकरण अर्घाखाँची केन्द्रले सेवाग्राहीहरुलाई विद्युत महशुल बुझाउन ताकेता गरेको छ । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची केन्द्रले निरन्तर विद्युत महशुल बुझाउन ताकेता गरेपछि लकडाउनमा थुनिएका सर्वसाधारणा तथा व्यवसायीहरु त्रसित भएका छन् ।
प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र फैलन नदिन गरिएको लकडाउनका कारण थुनिएर बसेका सर्वसाधारणा तथा व्यवसायीहरु यथाशिघ्र विद्युत महशुल बुझाउनु हुन वा अनलाइन मार्फत भुक्तानी गर्न ताकेता गरेको हो ।
देश लकडाउनको अवस्थामा रहेका बेला १ लाख सम्मको महशुल अनलाइन मार्फत र १ लाख भन्दा बढी तिर्नु पर्दा श्री रास्ट्रिय बाणिज्य बैंक सन्धिखर्कको खाता नं. ३०५००००००४०६ तथा श्री मेगा बैंक लिमिटेड सन्धिखर्कको खाता नं. ००४००१००८०२१५ मा दाखिला गर्न सूचना जारी गर्दै आएको छ ।
साथै महशुल बुझाएको सक्कल भौचर कार्यालयमा आएर बुझाउन हुन तथा रकम बुझाएको भौचर कपी arghakhanchi@nea.org.np अथवा neasandhi@gmail.com इमेल ठेगानामा सकेसम्म सोहि दिन स्क्यान कपी पठाउनसमेत ताकेता गरेको छ ।
अर्घाखाँचीमा वर्षौदेखि विद्युत प्राधिकरणले ठुलो लापरवाही गर्दै आएको छ । अर्घाखाँचीबासीले वर्षौदेखि विद्युत नियमित नहुँदा समस्या भोक्दै आएका छन् । गत वैशाख ३० गते मंगलवार भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको कल्लेरी (खार्पानी)मा बारीमा जोत्ने क्रममा करेन्ट लागेर एक गोरु मरेको थियो । गोरुले बारीमा जोदै गर्दा स्टिलको पोलमा छुन पुगेका थिए । साथै भुसाललाई करेन्टको सामान्य झड्का लागेको छ । करेन्ट प्रवाह भैरहेको नाङ्गो तारले पोल छोईरहेकोले पोलमा करेन्ट प्रवाह भएको कारणले उक्त घटना घटेको थियो ।
अर्घाखाँची जिल्लाभर बिधुत पोलहरुमा तारहरु छोईएका देखिन्छ । बिधुत प्राधिकरण अर्घाखाँचीले चरम लापरबाही गरेको देखिन्छ ।