बिपतमा परेकालाई सहयोग गर्दै अर्घाखाँचीका निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे

भानु पराजुली कल्पित 
सन्धिखर्क अर्घाखाँची जेठ ६ । अर्घाखाँची जिल्लाका  बरिष्ठ निर्माण ब्यबसायी, सामाजिक अभियान्ता तथा पुस्पा निर्माण सेवाका संचालक नारायण प्रसाद बन्जाडेले बिपतका बेला सहयोग गर्नु मानबिय सेवा र धर्म भएको बताउनु भएको छ ।
अर्घाखाँची जिल्लामा रहेर लामो समयसम्म निर्माण ब्यबसाय गर्नु भएका बन्जाडेले अर्घाखाँचीका धेरै ब्यक्तिहरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।
बजार सुधार समितिका अध्यक्ष समेत रहेका बन्जाडे अर्घाखाँचीका लोकप्रिय समाजसेवी ब्यक्ति हुन् । 
“क”  बर्गको फर्म पुस्पा निर्माण सेवाका संचालक बन्जाडेले लकडाउनका बेला पनि बिभिन्न ब्यक्तिहरुलाई सहयोग गरेका छन् । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले बितरण गरेको राहातसँगै बरिष्ठ निर्माण ब्यबसायी बन्जाडेले ६६ घर परिवारलाई दाल तेल चिनी उपलब्ध गराएका थिए भने उहाका भाई वार्ड अध्यक्ष युवराज बन्जाडेले १ हजार किलो चामल ब्यक्तिगत रुपमा सहयोग बितरण गरेका थिए ।
सहयोगी मनका धनी बन्जाडे परिवारले जिल्लामा हरेक बिपतका बेला सहयोग गर्दै आएका छन् ।  बन्जाडे राम्रो काम गर्ने गुणस्तरीय काम गर्ने ब्यबसायी हुन् ।

अन्य समाचारहरु