अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भारतबाट ५३ जना भित्रिएका छन् ।
भारतको इन्दोर मध्यप्रदेशबाट बुधवार ५३ जना सन्धिखर्कमा आई पुगेका हुन् ।
जसमा सन्धिखर्क नगरपालिकाको हटारी क्वारेन्टाइनमा १८ जनालाई ब्यवस्था गरिएको छ । यस्तै छत्रदेव गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ३५ जना ब्यवस्था गरिएको छ ।
उता भारतमा लकडाउन खोकुलो हुँदै गएपनि दिल्ली, हरियाणा, पन्जाब लगायतबाट अर्घाखाँचीबासी भित्रिने क्रम जारी छ ।
यसअघि ज्येष्ष्ठ ५ गते सोमवार शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा भारतबाट १४ जना पुरुष भित्रिएका थिए ।
त्यस्तै ज्येष्ष्ठ ४ गते ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका र आठजना छिमेकी प्यूठान गरी एकै दिन ५५ जना भित्रिएका थिए ।