सागर महत
सन्धिखर्क, अर्घाखाँची । विकलाङ्घ मित्र समुह अपाङ्घ अस्पताल तथा पुर्नस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजाना अर्घाखाँचीका नगरपालिका र गाउँपालिकाको समन्वय र सिवियमको आर्थिक सहयोगमा अपाङ्गता भएका बालबालिका मध्यका अति विपन्न परिवार का १५ जना सदस्य लागि राहत वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले यो विपतको समयमा दैनिकी चलाउन नसक्ने शारीरिक अपाङ्गता भएका बालबालिकाका अभिभावक लाई राहत वितरण कार्य गरेकोमा परियोजना लाइ धन्वयवाद दिएका छन् ।
यता स्थानीय सरकारले दिएको राहतले आफ्नो दैनिकी चल्न गाह्रो भएको थियो ।परियोजनाले हामी लाइ स्थानीय सरकारले दिएको राहत भन्दा धेरै राहत दिएकोले खुशी भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ९मा बसोबास गर्ने शारीरिक अपाङ्गता भइकी रोजा विककी आमा विन्दु विकको भनाइ छ ।
परियोजनाले जिल्लाभरका करिव ४ सय बालबालिका उपचारपछि नयाँ जिवन दिएको छ ।लकडानको समयमा पहिलो चरणमा १५ घर परिवारका अति विपन्न परिवारका सदस्य लाइ प्रति घर परिवार ३० केजी चामल,३केजी दाल,२ केजी चिनी तेल २ लिटर नुन २ केजी साबुन ४ वटा सेनिटाइजर ५ सय एमएल वितरण गरेको परियोजनाका सुभरभाइजर लेखनाथ आचार्यले जानकारी दिए ।भने अति विपन्न परिवारका अपाङ्गता भएका बालबालिको परिवार लाइ द्रोस्रो चरणमा वितरण गर्ने बताएका छन ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोतिजंग रायमाझी,लगायतको सहभागीता रहेको थियो ।भने कार्यक्रमको संचालन पुनस्थापनाकी सहायक रक्षा पाण्डेले गर्नुभएको थियो ।