सुनौली, कृष्णनगर लगायतबाट अर्घाखाँची प्रवेश गर्नेको भिड, बस, जीप, ट्रक टिप्परले मान्छे बोक्दै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतीय सीमानाका सुनौली, कृष्णनगर लगायतबाट अर्घाखाँची जिल्ला प्रवेश गर्नेको भिड लागेको छ । 
भारतमा लकडाउन खोकुलो भए लगतै नेपाल फर्कने अर्घाखाँचीबासीको संख्या बढेको हो ।
जिल्लाका शितगंगा नगरपालिकाको सितापुरका १ जना, शुवर्णखालका १६ जनालाई आज बिहान ट्रकमा ल्याइएको छ । यस्तै सन्धिखर्क नगरपालिका ३५ जना बढी, भूमिकास्थान नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकामा निरन्तर आउने क्रम जारी छ ।
भारतको पन्जाबबाट ३२५ जना अर्घाखाँचीबासी आईपुगेका छन्न । अहिले बिहान १७५ जान कृष्णनगर सिमानाकामा आई पुगेका छन् भने भोली बिहान थप १५० जना पुग्ने छन् । यस्तै दिल्ली लगायत भारतका बिभिन्न शहरबाट नेपाल आउने क्रम जारी छ । शितगंगा नगरपालिकामा ३ दिनमा हिजोसम्म ८० जना बढी आएका छन् । 
सुनौली, कृष्ण नगर नाकामा प्रवेश गर्ने नेपालीहरुको भिड लगेको छ । यस्तै भुकिकास्थान नगरपालिका ३६ जना अहिले दिल्लीबाट हिडिसकेका छन् ।    
कयौ बस, जीप, ट्रक टिप्परबाट आउनुका साथै पैदल हिंडेर आउनेको पनि संख्या बढेको छ । जिल्लामा दिनको समयमा मात्र नभएर रातमा भित्रिने संख्या अधिक छ । 
यस्तै कयौ वार्डमा त क्वारेन्टाइनमा नराखेर सिदा घर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी गाउँमा पठाइएको छ । कयौ पैदल आई सिदा आफ्नो घरमा गएका छन् । अधिकांशको स्वास्थ्य जाँच गरिएको छैन भने सामाजिक दूरी पनि कायम गरिएको छैन । 
 जिल्लाको शितगंगा नगरपालिकामा ४ ठाडाको  जोगिनीकोटमा  भारतबाट आएका मानिसहरुलाई जानकारी र सावधानी बिना क्वारेन्टाइनमा नराखी गाँउमा राखेको भन्दै स्थानिय आक्रोशित भएका छन् ।   
भारतबाट आउनेहरुलाई नगर प्रमुखले पटक पटक सावधानी बिनानै राखेकोले जोखिम बढेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । 
रातिमा आउनेहरुलाई नगर प्रमुखले क्वारेन्टाइनमा नराखी खुल्ला गाँउमा राख्ने र उनिहरुको निग्रानी नहुने भएकोले उनिहरु गाँउमा समेत निस्कने गरेकोले अब यस्ता ब्यतिहरु गाँउमा नराखी क्वारेन्टाइनमा राख्न गाउँलेहरुले अनुरोध गरेका छन ।  
शितगंगा नगरपालिका वार्ड नं. १ सुवर्णखालमा भारतबाट २५ जना भित्रिएका छन् । सुवर्णखालमा भारतको हरियाणा र दिल्लीबाट बिहीवार २५ जना आएका हुन् । उनिहरुलाई कृष्णनगर नाकाबाट टिप्परमा हालेर ल्याइएको थियो । 
शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा बस्नेका गुनासै गुनासा
शितगंगा नगरपालिका २ सितापुरमा निपानेका ३ जना झिर्‍राका ४ जना बिहीवार राती भित्रिएका गरी ११ जनालाई सरस्वती मा.बिको क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै जिल्लाभरका सबै नाकाबाट जिल्ला दैनिक प्रवेश गर्ने संख्या यकिन हुन सकेको छैन् । तर पनि शुक्रबार राती ९:४५  बजे अगाडिसम्म जिल्लामा १२५० जना बढी भित्रिएका छन् ।    
यस्तै भारतबाट नेपाल नेपाली ल्याउने समुह पनि सक्रिय भएको छ । उनिहरुले दोब्बर भाडामा मानिसहरु ओसारेका छन् ।  

अन्य समाचारहरु