अर्घाखाँचीडट्कम संवाददाता
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न. ८ अर्घातोषको साना चेक्मिमा भिरबाट लडेर गम्भिर घाइते भएका एक युवालाई उपचार गर्न आर्थिक समस्या परेको छ ।
अर्घातोषको साना चेक्मिमा भिरबाट लडेर गम्भिर घाइते भएका प्रवेश सेजवाललाई उपचार गर्न आर्थिक समस्या परेको हो । अहिले उनको उपचार चितवन नेचर केयर अस्पतालमा हुँदै छ ।
२८ वर्षका प्रवेश गत २०७६ साल माघ ३ गतेका दिन आफ्नो घर जाने क्रममा अर्घातोषको साना चेक्मिको घैयार भिरबाट लडेर करिब २०० मिटर तल खसेका थिए । प्रवेशको घरमा घरमा बृद्धा आमा बाबा र श्रीमती छन् । उनको आर्थिक अवस्थ्या निकै कमजोर छ । घर खर्च प्रवेशको कमाईबाट हुनेथियो ।
प्रवेशकी बहिनी बिष्णु सेजवालले बताए अनुसार दाजुको स्वास्थ्यमा सुधार हुँदै गएपनि आजसम्मको अस्पतालको उपचार खर्च तिर्न नसक्दा पुरा उपचार नगरी बिचमा हस्पिटलबाट निकाल्नु पर्ने भएको छ । एकातिर लक डाउन अर्कोतिर बिरामीको यो अबस्थाले र रकम अभावले गर्दा आफू निकै पिडामा परेको उनले बताईन् ।
कसैले सहयोग गर्न चाहेमा बहिनी बिष्णुलाई 9869793059 मा संपर्क गर्न सकिनेछ ।