कृष्णनगर र सुनौलीबाट अर्घाखाँचीमा भित्रिने क्रम जारी (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । भारतको सिमानाकाबाट अर्घाखाँची जिल्लामा भित्रिने क्रम जारी छ । 
जिल्लाका सबै स्थानिय तहले कृष्ण नगर र सुनौली सिमानाबाट आज आईताबार पनि बस, जीप, ट्रक टिप्परबाट जिल्ला भित्राएका छन् । 
जिल्लाका शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकामा निरन्तर आउने क्रम जारी छ । जिल्लाभर कहाँ कति आए यकिन हुन सकेको छैन् । 
कयौ बस, जीप, ट्रक टिप्परबाट आउनुका साथै पैदल हिंडेर आउनेको पनि संख्या बढेको छ । जिल्लामा दिनको समयमा मात्र नभएर रातमा भित्रिने संख्या अधिक छ । 
यस्तै हिजो शनिबारसम्म जिल्लाका ६ वटा स्थानीय सरकारले बनाएका बिभिन्न क्वरेण्टीनमा ८ सय २ जना रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभएको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेण्टीनमा राखिएकोे खनालको बताउनु भयो ।
जिल्लामा ८९ स्थानमा ९ सय १३ वटा बेड सहीतका क्वारेन्टीनहरु स्थापना गरीएको छ । सनिवार सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ८ सय २ जना रहेका छन । जसमध्ये सन्धिखर्क नगरपालीकामा ११७ जना, भूमिकास्थान नगरपालीकामा २३३ जना, शितगंगा नगरपालीकामा २२० जना ,पाणिनी गाँउपालीकामा १८ जना,मालारानी गाउँपालीकामा १६६ जना र छत्रदेव गाउँपालीकामा ४८ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । यस्तै जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जनाईएको छ ।
यसैबिच अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रशासनले जनाएको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेका छन ।

अन्य समाचारहरु