अर्घाखाँचीमा अहिलेसम्म १९ सय बढी भारतबाट आए, ४८५ जनाको मात्र परिक्षण


अराज बेल्बासे 
पाणिनी, अर्घाखाँची जेठ १२ । अर्घाखाँचीमा अहिलेसम्म १९ सय बढी  भारतबाट आएका क्वारेन्टाइनमा रहेका छन । जिल्ला भरमा अहिले सम्म २२१ जनाको पिसिआर परिक्षण भएको छ भने २६४ जनाको आरडिटि परिक्षण भएको छ ।
शितगंगा नगरपालिकामा करिव ५० वटा बिद्यालयमा ८०० सैयाको क्वारेन्टिन निमार्ण गरिएका छन शितगंगा नगरपालिकामा ६५० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन शितगंगामा अहिले सम्म ६० जनाको परिक्षण पछि घर पर्किएका छन ।
पाणिनी गाउँपालिकामा सबै ठाउमा गरी १५०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२५ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ८ जना ,आरडिटि परिक्षण १२ जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जना लाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । अब भारत बाट आउने क्रममा १००० जति रहेको र उनिहरु सबैलाई ल्याउने पहल गरीएको पाणिनी गाउपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।
यस्तै मलारानी गाउँपालिकामा मा सबै ठाउमा गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका ४०० जना क्वारेन्टिनमा रहेका छन । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९३ जना ,आरडिटि परिक्षण ४२ जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ५०० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । अब भारत बाट आउने एक हप्ता मा ७५० जना लाई ल्याउने तयारी रहेको छ अन्य ६००० जति गाउपालिकाका बाहिर रहेको ल्याउने पहल गरीएको मालारानि गाउपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो ।
छत्रदेब गाउँपालिकामा एउटा वडा मा ५० शैयाका दरले सबै गरी ४०० शैयाको क्वारेन्टिन निर्माण भएको छ । भारत बाट आएका १२१ जना क्वारेन्टिनमा रहेका छन् । अहिले सम्म सबैगरी पिसिआर परिक्षण ११ जना गरीएको गरिएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ ।परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएको छ। भारत तथा अन्य जिल्ला बाट आएका ४६ जनालाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो ।
भुमिकास्थान नगरपालिकामा रहेका सम्पुर्ण बिद्यालयमा क्वारेन्टिन निर्माण गरीने निर्णय भएको छ। भारत बाट आएका ४१० जना क्वारेन्टिनमा रहेका छन् । भारत तथा नेपालको बिभिन्न स्थानबाट आउनेको संख्या ९०० जना रहेका छन् । अहिले सम्म सबैगरी भारत तथा अन्य जिल्लाबाट आएकाको पिसिआर परिक्षण ७ जना ,आरडिटि परिक्षण १५० जनाको गरीएको र सबैको रीपोर्ट नेगेटिभ आएको छ परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ । भारत तथा अन्य जिल्ला बाट आएका १२० जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ ।
भारतमा भुमिकास्थान नगरपालिकाका ३१८४ जना रहेको र तेश्रो मुलुकमा २२०० जना रहेका छन् उनिहरु सबैलाई ल्याउने पहल गरीएको भुमीकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो ।
सन्धीखर्क नगरपालिकामा सबै वडा गरी ३३२ शैयाको क्वारेन्टिन निर्माण भएको छ र आवश्यक्ता अनुसार क्वारेन्टिनको दर बढाउदै लगिने सन्धीखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । भारत बाट आएका २०० जना क्वारेन्टिनमा रहेका छन ।
अहिले सम्म सबैगरी पिसिआर परिक्षण ९२ जनाको ,आरडिटि परिक्षण २० जनाको गरीएको र सबैको रीपोर्ट कोरोना नेगेटिभ आएको परिक्षण गरेकाहरु सबैलाइ घर पठाइएका छ। भारत तथा अन्य जिल्ला बाट आएका ६२ जना जतिलाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको छ । भारत बाट आउने क्रमभने जारी रहेका नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो । 

अन्य समाचारहरु