अर्घाखाँचीमा बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु खुलेपछि सेवाग्राहीको भिड

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची   । अर्घाखाँची जिल्लामा रहेका बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु आईतबारबाट खुलेपछि सन्धिखर्कमा कारोबार गर्ने सेवाग्राहीको भिड लागेको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सामाजिक दुरी कायम गरेर बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु आईतबारबाट खोल्न लगाएको थियो ।   
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सुचना अनुसार सन्धिखर्क लगायत जिल्लामा रहेका बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु आईतबारबाट खुलेका थिए । 
बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु फरक फरक दिनमा खुलेका छन् ।  
यस्तो छ सुचना:-  
फोटो: फेसबूकबाट

अन्य समाचारहरु