सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कोरोना भाइरस ९ कोभिड १९ ० जनाको बीमा गराएका छन् । यो सँगै कोरोना बिमा गर्नेको संख्या निकै बढिरहेको छ ।
बुटवलमा संचालनमा रहेको अस्पतालले आफ्नो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस बीमा गराएकोपछि कर्मचारी हर्सित छन ।
पछिल्लो समय नेपालको तराई क्षेत्रमा तथा पहाडी क्षेत्रमा कोरोना संक्रमणको अवस्था फैलदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस बीमा गरिएको तिनाउ हस्पिटल प्रालिका अध्यक्ष रुद्र बहादुर कार्कीले बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेको अवस्थामा उनीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको हुदाँ कोरोना बीमा गरिएको बताउनु भयो ।
अस्पतालले कार्यरत ९४ जना कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाँची स्थित शाखाबाट बीमा गरेको इन्स्योरेन्सका अर्घाखाँची शाखा प्रमुख युवा ब्यबसायी सफल उधमी लक्ष्मण केसीले जानकारी दिनु भयो ।
गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार रुपैयाको कोरोना बीमा गर्दै आएका छन् भने सिखर ईन्सुरेन्समा बिमा गर्नेको संख्या निकै धेरै छ । एक लाखको बीमा गर्दा जनही १००० र पारिवारीक एवं सस्थागत गर्दा ६०० रुपैयाका दरले गर्न सकिने र पचास हजारको जनही ५०० र पारिवारीक तथा संस्थागत बीमा गर्दा ३०० रुपैयाका दरले बीमा गर्न सकिने गरि सुविधा दिईएको शिखर अर्घाखाँचीका प्रमुख लक्ष्मण के.सीले जानकारी दिनु भयो ।
कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा –पिसिआर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको समेत केसीले बताउनु भयो । छोटो समयमा बिश्वनियता कमाउन सफल सिखर ईन्सुरेन्स अर्घाखाँचीले बिमितको मन जित्दै गएको छ ।
अर्घाखाँचीको नेतृत्व गरेका केसी १२ बर्ष अष्ट्रेलियामा बसि पिआर त्यागी आफ्नै देशमा केही गर्न पर्छ भन्ने सोचका साथ आएका अर्घाखाँचीका सफल ब्यबसायी तथा अर्घाखाँचीको सुजुकी स्व-रुमका सन्चालक हुन् ।