पालीका २ जना संक्रमितलाई तीन दिनपछि सन्धिखर्क ल्याइयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएको छ ।
पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई तीन दिनपछि सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएको हो ।
संक्रमितलाई कोरोना उपचार केन्द्र दाङ्ग लैजाने भनिएपनि प्रशासन कार्यालय र गाउँपालीका बिच बिवाद भएपछि संक्रमित क्वारेन्टाइनमा बस्न बाध्य भएका थिए ।
गाउँपालीका अध्यक्ष अच्युत गौतमले जिल्ला अस्पतालकै आइसुलेसनमा राख्नुपर्ने भनेपनि जिल्ला अस्पतालले उक्त कुरा अस्विकार गरेपछि जिल्ला प्रशासन कार्यालयले दाङ्ग लैजाने भनेको थियो भने गाउँपालीका अध्यक्षले जिल्ला अस्पतालकै आइसुलेसनमा राख्नुपर्ने अडान लिएका थिए ।
पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जना भारतको उत्तर प्रदेश रायबरेलीबाट ठाडासम्म पैदल हिँडेर आएका र ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिंडेर पाली पुगेका थिए।
संक्रमित १९ र ४३ वर्षीय दुईजना पुरुषहरु उत्तर प्रदेश रायबरेलीबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै पैदल हिँडेर ठाडामा गत जेठ २ गते आएका थिए । सोही दिन ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा गई पुनः पैदलै हिंडेर पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा बस्न पुगेका थिए । उनिहरु दुबै जना रायबरेलीबाटै चार दिनको पैदलयात्रा गरी अर्घाखाँची आएका थिए । पाँच जनाको समूहमा रायबरेलीबाट ठाडासम्म पैदल हिँडेर आएका थिए ।  
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा सोमबार साँझ कोरोना पुष्टि भएको थियो ।  गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले डट्कमलाई बताए अन्सुआर ती संक्रमितलाई पाली क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको थियो । 
भारतबाट उनिहरुसँगै आएर क्वारेन्टाईनको एउटै कोठामा बसेका अरु तीन जनामा भने रिपोर्ट नेगेटिभ आएको थियो । 
निहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । 
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।  अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो । 

अन्य समाचारहरु