अर्घाखाँचीका १५० क्वारेन्टाइन स्थलमा २,७०४ जना व्यवस्थापना, जिल्लाभर २,९४६ सैया निर्माण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहका क्वारेन्टाइनमा २ हजार ७ सय ४ जना रहेका छन् । 
जिल्लाको सन्धिखर्कका क्वारेन्टाइनमा ३६४ शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा -६९३ भुमिकास्थानका क्वारेन्टाइनमा ६६७, छत्रदेवका क्वारेन्टाइनमा २०७, मालारानीका क्वारेन्टाइनमा ५४० पाणिनीका क्वारेन्टाइनमा २३३ र सन्धिखर्कको हटारी  आईसाेलेशनमा पालिका २ जना रहेका छन् । 
यस्तै जिल्लाको सन्धिखर्कमा क्वारेन्टाइनको संख्या १३, शितगंगामा ५३, भुमिकास्थानमा २८, मालारानीमा १९, छत्रदेवमा १४ र पाणिनीमा २३  गरी १५०  क्वारेन्टाइन स्थल रहेका छन् ।  यस्तै जिल्लाभरका १५० स्थलमा २ हजार ९ सय ४६ सैया रहेका छन् । 
साथै सोमबार सर्वपक्षिय बैठकले गरेको निर्णय अनुसार सदरमुकाम सन्धिखर्कको हटारीनेटामा ४० सैयाकाे आईसाेलेशन कक्ष निर्माण गरिएकाे छ । ४० सैयाकाे आईसाेलेशन कक्ष २४ घण्टामा निर्माण गरिएको हो । जिल्लामा पछिल्लो समय भारतबाट आउनेको संख्या बढेको छ। 

अन्य समाचारहरु