अर्घाखाँचीको ढिकुराका एक मृतकमा कोरोना पोजेटिभ देखियो

ढिकुराको चरेपानी
अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका एक जना युवाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।  
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डक्टर कपिल गौतमका अनुसार भारतको गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा मृत्यु भएका ढिकुराको चरेपानीका ३४ बर्षका इन्द्र बहादुर गैरे (कृष्ण)को पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको हो । 
भारतको गुजरातबाट बसमा आउदै गर्दा ढिकुराको चरेपानीका ३४ बर्षका इन्द्र बहादुर गैरे (कृष्ण)को कृष्णनगर सीमा नपुग्दै भारतको लखनउमा जेठ १० गते बसमै मृत्यु भएको थियो । 
शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर गौतमले जानकारी दिए।
नेपाल भित्राएर मृतकको स्वाब परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । शव लिएर आएका ३ जनालाई ढिकुराको क्वारेन्टाईनमा राखिएको छ ।  मृतको शबलाई गच्छेघाटमा गाडिएको छ । भुमिकास्थान-९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने।
लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो। यस्तै शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले बताए अन्सुआर दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरेको मृत्यु भएको थियो । साथै उनीसँगै आएका सबैको तथ्याकं संकलन शुरु गरिएको छ । 
भुमिकास्थान नगरपालिको पहलमा वार्ड न. ९ का करिब ९० जना युवाहरू जेठ ९ गते शुक्रबार गुजरात र अह्म्दाबाद शहरदेखि नेपाल प्रस्थान गरेका थिए । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
उता जिल्लामा पहिलो पटक पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका २ जनालाई काेराना पाेजिटिभ देखिको छ । 

अन्य समाचारहरु