अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवलतर्फ आँउदै गरेको कारले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
सन्धिखर्कबाट बुटवलतर्फ आँउदै गरेको लु १ज ४३७७ नम्बरको कारले कपिलबस्तु वाणगंगा नगरपालिका वार्ड नम्बर १ बैरियामा बिहीवार ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
राजपुरबाट हाईवे तर्फ आउदै गरेको लु ५२ प २५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजपुर बस्ने बर्ष २३ को राजेश थारु घाईते भई उउपचारको लागी सिटी अस्पताल बुटवल पठाईएको प्रहरीले बताएको छ ।
कार, कार चालक, मोटरसाइकललाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।