सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) १६ जेठ । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल रातदिन जनताको सेवामा खटेर अनबरत रुपमा जिल्लाको बिकास शान्ति सुरक्षा अमन चयनका बारेमा चिन्तित देखिने गरेको उहाको कामले स्पष्ट पारेको छ ।
केहि महिना अगाडि अर्घाखाँची प्रबेश गरेका प्रमुख जिल्ला अधिकारी पौडेल निकै सरल सभाब र जन्ता प्रति उत्तरदायी देखिने गरेको कारण सबै जनताले प्रमुख जिल्ला अधिकारीलाई तत्काल समस्या परे भेट गर्न आफ्ना सुझाब गुनासा राख्न पाउने हिम्त गर्छन् र प्रजिअ पौडेलको सराहना समेत गर्ने गरेका छन् ।
बिपतका बेला कोरोना रोग नियन्त्रणका लागि प्रजिअ पौडेलको भुमिका निकै प्रशंसा गरिएको छ । नेपालमा सबैभन्दा पहिला कोरोना रोग नियन्त्रणका लागि जिल्लामा सर्बपक्षिय बैठकबोलाई लकडाउन गर्ने अर्घाखाँचीका प्रजिअ पौडेल हुन् ।
जिल्लामा हुने बिकास निर्माणको फिल्डमै पुगेर अनुगमन गर्ने गुणस्तरीय काम नभएको पाईएता तत्काल एक्सन लिई थप काम गर्न लगाउन पारदर्शिता सु-शासनलाई प्रभाबकारी बनाउने प्रत्येक कार्यालयमा पुगेर हप्ताको एक पटक सेवाग्राहीका गुनासा सुन्ने कार्यालय परिसरहरु सरसफाई गर्न लगाउने जनतालाई ५ मिनेटमा सेवा दिनका लागि सबै कार्यालयलाई निर्देशन गर्ने भष्टचार अनियमितता रोक्नका लागि सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लगाउने जिल्लामा हुने चोरीनिकासी बन्द गराउन फिल्डमा खट्ने सु-शासनलाई पहिलो प्राथमिकता राखेर काम गर्ने शान्ति सुरक्षा तुरुस्त दुरुस्त बनाउने लकडाउनका बेला पनि प्रभाबकारी अनुगमन गर्ने क्वारेन्टाइनहरुको ब्यबस्थापन अनुगमन गर्ने जस्ता प्रभाबकारी काम जिल्लामा गरेपछि जिल्लाबासीले प्रजिअ पौडेलको खुलेर प्रशंसा गर्ने गरेका छन् ।
प्रजिअ पौडेल जिल्लामा आएपछि जनताले शान्ति सुरक्षाको प्रत्यक्ष अनुभुती गरेको बताउछन् प्रजिअ पौडेल सर्बदलिय सर्वपक्षीय समन्वय गरि जिल्लामा काम गर्ने गरेका कारण पनि उनको सन्चारकर्मी, राजनीतिकर्मी, ब्यबसायी सबैले खुलेर प्रशंसा गर्छन् ।
बिपतका बेला प्रजिअ पौडेल रातदिन नभनि काममा आफै खटिएका छन् । जिल्ला प्रशासन कार्यालयमा समेत व्यापक सुधार प्रजिअ पौडेलले गरेका छन् ।