अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहका क्वारेन्टाइनमा ३ हजार ३ सय ५४ जना रहेका छन् ।
जिल्लाको सन्धिखर्कका क्वारेन्टाइनमा ३६४ शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा -६९३ भुमिकास्थानका क्वारेन्टाइनमा ९०१, छत्रदेवका क्वारेन्टाइनमा २३२, मालारानीका क्वारेन्टाइनमा ६३१, पाणिनीका क्वारेन्टाइनमा ३७३ र सन्धिखर्कको हटारी आईसाेलेशनमा पालिका २ जना रहेका छन् ।
यस्तै जिल्लाको सन्धिखर्कमा क्वारेन्टाइनको संख्या १५, शितगंगामा ५३, भुमिकास्थानमा ३३, मालारानीमा २१, छत्रदेवमा १६ र पाणिनीमा २३ गरी १५० क्वारेन्टाइन स्थल रहेका छन् । यस्तै जिल्लाभरका १५० स्थलमा २ हजार ९ सय ४६ सैया रहेका छन् ।
साथै सोमबार सर्वपक्षिय बैठकले गरेको निर्णय अनुसार सदरमुकाम सन्धिखर्कको हटारीनेटामा ४५ सैयाकाे आईसाेलेशन कक्ष निर्माण गरिएकाे छ । ४५ सैयाकाे आईसाेलेशन कक्ष २४ घण्टामा निर्माण गरिएको हो । जिल्लामा पछिल्लो समय भारतबाट आउनेको संख्या बढेको छ।