सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची जेठ १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाका युवा ब्यबसायी समाजसेवी दिपक कुमार श्रेष्ठले लकडाउनका बेला बिपतमा परेकाहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ ।
लामो समयदेखि गाडी ब्यबसाय गर्दै आउनु भएका युवा ब्यबसायी श्रेष्ठ सहयोगी मनका धनि छन् । उनले हरेक सामाजिक कामहरुमा सक्रियता देखाउछन भने आर्थिक सहयोग समेत गर्दै आएका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा स्थायी ठेगाना भएका दिपक नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
गरिव र दुखि पिडित हरुको सेवा गर्नु मानबिय सेवा भएको बताउने श्रेष्ठले धेरै पिडितहरुलाई सहयोग गर्दै आउनु भएको छ । कुनै समस्या परेमा दिपकलाई पिडितले सम्झने गर्छन् । उनि पोखरामा गाडीको किनबेच गर्ने गर्छन् । कोरोना भाईरस नियन्त्रणका लागि दिपकले ओर्जिनल माक्स सेनिटाईजर समेत नि:शुल्क बितरण गर्ने गरेका छन् ।