अर्घाखाँचीमा कोरोना सर्न सक्ने भन्दै तरकारी नष्ट गरेपछि प्रहरी प्रशासनको चर्को आलोचना
जेष्ठ १८ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची जेष्ठ -१८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि प्रहरी प्रशासनको चर्को आलोचना भएको छ ।
कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी सदरमुकाम सन्धिखर्कको डम्पिङ साइड आटिकापाटा र फुदवाङको बिचमा पर्ने अउलाखोलामा नष्ट गरेपछि सामाजिक संजालहरुमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको चर्को आलोचना भएको हो ।
कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भएपछि सामाजिक संजालहरुमा चर्को आलोचना भएतापनि प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बाहिर जिल्लाबाट तरकारी ल्याउन राेकिईकाे, कडा निगरानी गरिएको र तरकारी नष्ट नगर्ने तरकारी जस्तो थियोे त्यस्तै फिर्ता गर्न आग्रह गरेको बताउनुभएको छ ।
यस्तै बिक्रीवितरणको लागि तरकारी ल्याउने व्यापारी किशोर बानियाँले दिउसाेमा चेकिङ गर्दै —दिउसाे सन्धिखर्कमा तरकारी ल्याएकाे हाे । केही बेचियाे बाँकी स्टाेरमा रहेको बताए ।
सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० बाट बिक्रीवितरणको लागि ल्याइएको ५० हजार मुल्य बराबरको हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै आईतबार दिउसो नस्ट गरिएको थियो ।
कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको बोडी ५० किलो , करेला ५० किलो, खुर्सानी ५० किलो , लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड अउलाखोलामा लगेर नस्ट गरेको थियो ।
यसअघि जिल्लामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो । तर पनि प्रहरीले चेकजाँच राम्रो नगरेर यो घटना भएको बताइएको छ ।
रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा गएका हाम्रा दाजु,भाइ तथा दिदी बैनीहरु आ-आफ्नो घरमा फर्कने र उहाँहरु स्थानीयतहको विभिन्न पालिकामा निर्माण गरिएका करेन्टाइनमा बसि रहेको बेला थप संक्रमण जोखिम नफैलियो भन्दै हरियो तरकारीलाई नस्ट गरिएको बताइएको छ।
हाल जिल्लामा अन्य खाद्यान्न तथा बिकास निर्माणमा प्रयोग हुने सामाग्री तथा इकुपमेन्टहरुलाई भने यथाबत रुपमा भित्राइएको छ।
अहिले जिल्लाका ६ वटा स्थानीय तह हरुमा ३४५३ जना करेन्टाइनमा र कोरोना पोजेटिभ २ जनालाई आइसोलेशनमा राखी उपचार गरिएको छ ।
जिल्लाका केही स्थानीयतहहरुले कोरोना परिक्षणको लागि कीटहरु खरिद गर्ने समेत निर्णय गरिसकेका छन् ।