किमडाँडाका एक युवाको बुटवलमा मोटरसाइकल दुर्घट्नामा परी मृत्‍यु

अर्घाखाँचीडट्कम संवादाता 
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाका एक युवाको बुटवलमा मोटरसाइकल दुर्घट्नामा परी मृत्‍यु भएको छ । 
किमडाँडाका बुवा चन्द्र बहादुर रानाका २३ बर्षिय छोरा सागर रानाको बुटवलको मणिग्राम स्थित एक बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर घटनास्थलमा नै मृत्‍यु भएको हो । दुर्घट्नामा अर्का एक जना घाइते भएका छन् । 
सागरकी आमा ४ वर्ष अगाडि रुपेन्देहीमा  मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । विबाहित सागरले अर्घाको रतहलेमा होटेल व्यवसायी गर्दै आएका थिए । 
दुर्घट्नाको कारण खुल्न सकेको छैन् । प्रहरीले मोटरसाइकल नियण्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।  

अन्य समाचारहरु