अर्घाखाँचीमा ३ जनाको आरडीटी पोजेटिभ आयो

सिद्धारा हर्रे ठुँटीपिपल । फाइल तस्बिर, अर्घाखाँचीडट्कम
अर्घाखाँचीडट्कम संवादाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ३ जना र मालारानी गाउँपालिकामा १ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।  
 
अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा क्वारेन्टाइनमा  २ जना र मालारानी गाउँपालिकामा  क्वारेन्टाइनमा रहेका १ जनाको  कोरोना  र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको हो ।
२ वटा पालिकामा ९ जनाको आरडीटी परिक्षणमा ३ जनाको पोजेटिभ हो । भने अरु ६ जनाको नेगेटिभ आएको छ ।
सिद्धारा क्वारेन्टाइनमा आरडीटी परिक्षण पोजेटिभ आएपछि २ जनाको पिसीआर परिक्षणका लागि स्वाव  जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।   
उता पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा राखिएको छ। यस्तै भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका एक जना युवाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।  

अन्य समाचारहरु