अर्घाखाँचीडट्कम संवादाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कोरोनाका कारण निधन भएका एक युवाको संपर्कमा रहेका ५१ जनाको स्वाब पिसीआर परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
भारतको गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा मृत्यु भएका ढिकुराको चरेपानीका ३४ बर्षका इन्द्र बहादुर गैरे (कृष्ण)को संपर्कमा रहेका ५१ जनाको स्वाब पिसीआर परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो । कृष्णको पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो । शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
तर कोरोनाका कारण मृत्यु भएका ति युवाको सम्पर्कमा रहेका व्यक्तिको खोजी (contact tracing ) गरि आईताबार ५१ जनाको स्वाब पिसीआर परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
जसमा पाणिनी गाउँपालिकाका २ जना, शितगंगाका नगरपालिकाका ४ जना र सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्क, वार्ड नम्बर ६ नरपानी, वार्ड नम्बर ७ खाँचीकोटका ४५ जना रहेका छन् ।
इन्द्र बहादुर गैरे (कृष्ण)को गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा जेठ १० गते मृत्यु भएको थियो । तर जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।