कृष्ण गैरे
सन्धिखर्क, अर्घााखाँची । कपिलवस्तुवाट गएको तरकारी अर्घाखांचीमा नष्ट गरिएको प्रति नेपाली काग्रेंस अर्घाखांचीले आपति प्रकट गरेको छ । नेपाली काग्रेस अर्घाखांचीका सभापति विष्णु मुस्कानले तरकारी नष्ट गरेर अर्घाखांची प्रशासनले हतासको निर्णय गरेको वताएका छन।
सभापति मुस्कानले कपिलवस्तुमा कोरोना संक्रमीतको संख्या वढेपछि सामान आयतमा सावधानी अपनाउने पुर्व निर्णय भएपनि पछि जिल्ला वासीले तरकारीको अभाव भएको आवाज उठाएपछि जिल्लामा सर्वपक्षीय वैठक वसेर कपिलवस्तुको तरकारी आयत गर्ने निर्णय भएको पनि वताए । प्रहरी प्रसासनले गरको कार्य खेदजनक भएको सभापति मुस्कानले टिप्पणी गरे।
उहांले सर्वपक्षीय वैठकको निर्णय विपरीत प्रहरी प्रसासनले कस्को निर्णयमा तरकारी नष्ट गरेयो प्रश्न गरे । यस्ता खाले अपरिपक्क निर्णय दुई जिल्ला विच भएको आपसी सम्वन्धमा गिरावट आउने चिन्ता व्यक्त गरे ।
सभापति मुस्कानले पिडित व्यापारीलाई क्षतीपुर्ती दिनुपर्ने माग गरेका हुन् । यदपी हिजो कपिलवस्तुवाट अर्घाखांची गएको तरकारीमा कोरोना संक्रमण हुने भन्दै प्रहरीको उपस्थीतीमा सन्धिखर्कको डम्पिङ साईडमा लगेर नष्ट गरिएको थियो यसको कपिलवस्तु र अर्घाखांचीमा व्यापक विरोध भईरहेको छ ।