सागर महत
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला घर भएका भारतमा रहने नेपालीहरू स्थानीय सरकारको पहलमा घर फर्किने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारिका कारण बिदेशमा रोजगारी गुमाउन पुगेका नेपालीहरू धमाधम घर फर्किन थालेका हुन् ।
अर्घाखाँचीमा पछिल्लो १४ दिनमा भारत तथा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या ४४ सय ४१ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसंगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् ।
भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै हिजो मात्र १ सय ९९ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
जस अन्तर्गत सन्धिखर्क नगरपालिकाका ६ सय १८ जना, भूमिकास्थान नगरपालिकाका ११ सय ८१ जना, शितगंगा नगरपालिकाका १ हजार ९ जना, पाणिनी गाउँपालिकाका ४ सय ८१ जना, मालारानी गाउँपालिकाका ७ सय ७७ जना र छत्रदेव गाउँपालीकामा ३ सय ८९ जना गरी ४४ सय ४१ जना जिल्ला भित्रिएका हुन् ।
जिल्लाका ६ स्थानीय सरकारले हाल सम्म ४६ सय ५५ क्वारेन्टाइन बेड निर्माण गरेको स्थानिय तहका प्रमुखहरुले जनाएका छन् ।
यस्तै सन्धिखर्कको हटारीनेटामा ४५ बेडको आईसुलेसन बेड निर्माण गरिएको छ । पाणिनी गाउँपालिकाको वडा नम्बर. ८ पालि कमला माविमा भारतबाट आएका मध्ये कोरोना संक्रमित २ जना पुरुषलाई उक्त आईसुलेसन बेडमा राखिएको छ ।