सन्धिखर्कमा सुरक्षाकर्मीले होल्डिङ सेन्टर निर्माण गरे, अर्घाखाँची भित्रिनेलाई होल्डिङ सेन्टर राखिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको टूडीखेलमा सुरक्षाकर्मीले होल्डिङ सेन्टर निर्माण गरेका छन् । 
छिमेकी मुलुकबाट आफ्नो जन्मभुमी फर्कनेहरुलाई आफ्नो गृह जिल्ला प्रवेश गरेसंगै आ-आफ्नो गन्तव्यसम्म पुग्न यातायात लागायत अन्य आबस्यक सुबिधाको सहजताको लागि होल्डिङ सेन्टर निर्माण गरिएको हो।
जिल्ला स्थित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सबुज गुल्म २६ न. अर्घाखाँची, नेपाली सेना बारुण दल गुल्म म्यालपोखरी, सन्धिखर्क नगरपालिका तथा नेपाल रेडक्रस अर्घाखाँची शाखाको सहकार्यमा उक्त होल्डिङ सेन्टरको निर्माण गरिएको नेपाली सेनाको बारुण दल गुल्म म्यालपोखरीका प्रमुख सुमन थापाले बताउनु भयो । 
अबदेखि अर्घाखाँची भित्रिनेलाई होल्डिङ सेन्टरमा राखिने छ । 

अन्य समाचारहरु