अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका बैंक, बित्तीय संस्था, बित्तीय कारोबार गर्ने सहकारी संस्था र बिमा कम्पनी अर्को सुचना जारी नहुँदासम्म हप्तामा ४ दिन खुल्ने भएका छन् ।
सामाजिक दुरी र सुरक्षित स्वास्थ्य बिधि अबलम्बन गरी जिल्लाभरबाट सेबा दिईरहेका बैंक, बित्तीय संस्था, बित्तीय कारोबार गर्ने सहकारी संस्था र बिमा कम्पनी अर्को सुचना जारी नहुँदासम्म हप्त्तामा ४ दिन आईतबार, सोमबार, बुधबार र बिहिबार बिहान १० बजे देखि दिउँसो २ बजेसम्म खुल्ने भएका हुन् ।
बैंक, बित्तीय संस्था र जिल्ला प्रशासन कार्यालय बीच आईतबार भएको बैठकले अर्को सुचना जारी नहुँदासम्म हप्त्तामा ४ दिन खुल्ने निर्यण छन् ।