सन्धिखर्क-ढोरपाटन सडक निर्माणमा ठेक्दारको दुई नम्बरी काम, सबै मापदण्ड बिपरित (भिडियो,फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँचीडट्कम । रुपन्देहीको सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकको निर्माण मापदण्ड बिपरित भईरहेको फेला परेको छ ।
रुपन्देहीको सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकको निर्माण मापदण्ड बिपरित  चिउरे ढुंगा प्रयोग गरी धमाधम सडक निर्माण गरिरहेको फेला परेको हो ।
सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकमा बनिरहेका र बन्दै गरेका सडक पर्खालमा कच्ची चिउरे ढुंगाहरु प्रयोग गरी सडक छेउमा धमाधम जाली लगाइएको छ ।  जुन प्रयोग गर्न मिल्दैन ।
अहिलेसम्म सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकमा बनेका सडक पर्खालमा फलामे, बलियो ढुङ्गा प्रयोग गरिएको छैन् । ठेक्दार कम्पनीले मापदण्ड बिपरित सडक माथिको माटो, कच्ची चिउरे ढुंगाहरु तल ल्याएर धमाधम पर्खाल लगाउने काम गरेको छ ।
यस्तै अहिलेसम्म सालझण्डी – सन्धिखर्क ढोरपाटन सडक भएको ग्राभेल पनि मापदण्ड बिपरित गुणस्तरहिन सामाग्री प्रयोग गरिएको देखिएको छ । यस्तै पिच भएका सडकमा पनि मापदण्ड बिपरित सस्तो गुणस्तरहिन सामाग्री प्रयोग गर्दै आएको देखिएको छ । अहिलेसम्म सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकमा सस्तो, गुणस्तरहिन सामाग्री मात्र प्रयोग भएको देखिन्छ ।
सडकमा बनिरहेका र बन्दै गरेका सडक पर्खाल लामो समय टिक्न सक्ने देखिदैन् । १९६ किलोमिटर खडक खण्डको सालझण्डी – सन्धिखर्क ढोरपाटन सडकमा ठेक्दार कम्पनीहरुले ठुलो लापरबाही गर्दै आएका छन् ।
रुपन्देहीको सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्यो । तर एक दशकमा पनि यो सडकको काम पूरा भएको छैन । जम्मा १९६ किलोमिटर खडक खण्डमध्ये यो १० वर्षको अवधिमा जम्मा १० किलोमिटर मात्रै पिच गरिएको छ ।
सालझण्डीदेखि खुर्सानेसम्म ५ किलोमिटर र सन्धिखर्कको बिहारदेखि माटेसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको सडक आयोजना कार्यालयले जनाएको छ । यस्तै अर्को १० किलोमिटर पिचका लागि भने भर्खरै टेन्डर आह्वान गरिएको छ। यो सडकको केही खण्डमा काम रोकिएको लामो समय भइसक्यो । स्थानीयको अवरोध र निर्माण कम्पनीको लापरवाहीका कारण एक दशकमा पनि सडकले पूर्णता पाउन सकेको छैन । यसअघि लामो समयसम्म पनि सडक नबनाएपछि १८ किलोमिटर ग्राभेलको जिम्मा लिएको बिटी जयबाबा जेभी स्वयम्भूलाई कानुन बमोजिम कारवाही गर्ने र ठेक्का रद्ध गर्ने प्रक्रिया नै अघि बढेको थियो ।
यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँचीको र गुल्मीको यात्रा छोटिन्छ। बागलुङ पश्चिमी क्षेत्रका स्थानीय, प्यूठानको पूर्वी क्षेत्र र रुकुमपश्चिमका स्थानीय यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिलेसम्म अधिकांश स्थानमा ट्र्याक पनि खुलाइएको छैन । २०७४ बैशाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता भए पनि पटक–पटक आग्रह गर्दा काम नगरेपछि सम्झौता रद्ध गर्ने प्रक्रिया थालिएको सालझण्ढी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए । सालझण्डी–ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्न ४ करोड ३७ लाखमा ठेक्का भएको थियो । तर तोकिएको समयमा जम्मा पाँच किलोमिटर मात्र ग्राभेल भएको छ ।
यो सडक खण्डको ८६ किलो मिटर ग्राभेल र एक सय किलोमिटर कच्ची छ । यस सडकखण्डको ट्र्याक खोल्ने विषयमा सन्धिखर्कमा ६ वर्षदेखिको विवाद समाधान भएको छैन । लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्र्याक खोल्ने विषयमा अन्योलता छाएको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएका छन् । सन्धिखर्कमा ट्र्याक खोल्ने विषयमा झन्डै तीन वर्षदेखि विवाद हुँदै आएको छ ।
सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरी दुईवटा विकल्प अघि सारे पनि दुवै ठाउँका स्थानीयले ट्र्याक खोल्न नदिने अडान राख्दै आएका छन् । सडक निर्माण गर्न कार्यालय खुलेको १० वर्षको समयमा एक अर्ब ५० करोड रकम खर्च भैसकेको छ ।
कुल ८ अर्बको डिपीआर रहेको योजना प्रमुख मरासिनीको भनाइ छ । सडक योजना बनेपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरू पनि ढोरपाटनमा घुम्न पाउने छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू पुग्न सक्नेछन् ।

अन्य समाचारहरु