अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३५ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा १ जना रहेको छ ।
उपप्रमुख विकले आफु जनताकाे सेवामा जाँदा लागेकाे भन्दै बाँकी समय पनि जनता लागि नै सदुप्रयाेग गर्ने बताए।।
काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख ठाकुर कुमार विक, वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन ५ जना गरी १५ जना = कुल २९ जना, शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूष र पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना १ जना हुन् । जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् ।
खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमबार आएको पीसीआर परिक्षण रिपोर्टमा ३१ जनामा काेराना पाेजिटिभ देखिएको हो । १ जना बाहेक अरु सबै भारतबाट आएका थिए ।
उता नयाँ संक्रमित ३१ जनामा अहिलेसम्म लक्षण नदेखिएको बताईएको छ । संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
आज संक्रमण भएकालाई पनि सन्धिखर्ककाे हटारी क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले बताए ।
अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ। विक नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाको प्रत्यक्ष सम्पर्कमा रहेकाले उनलाई कोरोना लागेको हुनसक्ने अनुमान गरिएको छ ।
उता यसअघि ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र गत ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।
ति ४ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरे, वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।