अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । कोरोना भाइरसको संक्रमणबाट मत्यु भएका अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका एक युवाको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि भएको छ ।
परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका ३४ वर्षका इन्द्र बहादुर गैरे (कृष्ण) निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।
उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए । नरपानीका १२ जना र खाँचीकोटका काेराना संक्रमित १५ जना, शितगंगा नगरपालिकामा १ जना र पाणिनी अडगुरीका १ जना कोरोनाबाट मृत्यु भएका युवाको सम्पर्कमा आएका थिए ।
घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवाको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको गच्छेघाटमा अन्त्येष्टि समेत गरिएको थियो ।
मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मृतकको सम्पर्कमा नआएका सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकमा पनि संक्रमण पुष्टि भएका छ ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३५ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा १ जना रहेको छ ।
उपप्रमुख विकले आफु जनताकाे सेवामा जाँदा लागेकाे भन्दै बाँकी समय पनि जनता लागि नै सदुप्रयाेग गर्ने बताए।।
काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख ठाकुर कुमार विक, वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन ५ जना गरी १५ जना = कुल २९ जना, शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूष र पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना १ जना हुन् । जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् ।
खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमबार आएको पीसीआर परिक्षण रिपोर्टमा ३१ जनामा काेराना पाेजिटिभ देखिएको हो । १ जना बाहेक अरु सबै भारतबाट आएका थिए ।
उता नयाँ संक्रमित ३१ जनामा अहिलेसम्म लक्षण नदेखिएको बताईएको छ । संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
आज संक्रमण भएकालाई पनि सन्धिखर्ककाे हटारी क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले बताए ।
उता यसअघि ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र गत ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।
ति ४ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरे, वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।