सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउपालिका, मालारानी गाउँपालिका सहित ५ स्थानिय तह र सरकारी कार्यालयहरुको कोरोना बिमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।
५ वटै स्थानिय तहका कर्मचारी जनप्रतिनिधिहरुको एक मुष्ट बिमा गरिएको शिखर ईन्सुरेन्स अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले जानकारी दिनु भयो ।
अहिले कोरोना बिमा गर्नेको संख्या निकै बढिरहेको छ । सरकारी कार्यालयका कर्मचारीहरुको कोरोना भाइरस बीमा गराएको पछि ५ वटै स्थानिय तहका कर्मचारीहरु हर्सित छन् ।
पछिल्लो समय नेपालको तराई क्षेत्रमा तथा पहाडी क्षेत्रमा कोरोना संक्रमणको अवस्था निकै फैलदै गएपछि स्थानिय तहले कर्मचारी र जनप्रतिनिधिको कोरोना भाइरस बीमा गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
कर्मचारी र जनप्रतिनिधिहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेको अवस्थामा उनीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको हुदाँ कोरोना बीमा गरिएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।
कर्मचारी र जनप्रतिनिधिहरुको जनही एक लाख बीमा रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अर्घाखाँची स्थित शाखाबाट बीमा गरेको इन्स्योरेन्सका अर्घाखाँची शाखा प्रमुख युवा ब्यबसायी सफल उधमी लक्ष्मण के.सीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार रुपैयाको कोरोना बीमा गर्दै आएका छन् भने शिखर ईन्सुरेन्समा बिमा गर्नेको संख्या निकै धेरै छ अर्घाखाँचीका स्थानिय तह सरकारी कार्यालय संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुको ।
एक लाखको बीमा गर्दा जनही १००० र पारिवारीक एवं संस्थागत गर्दा ६०० रुपैयाका दरले गर्न सकिने र पचास हजारको जनही ५०० र पारिवारीक तथा संस्थागत बीमा गर्दा ३०० रुपैयाका दरले बीमा गर्न सकिने गरि सुविधा दिईएको शिखर अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले जानकारी दिनु भयो ।
कोरोना बीमा अन्तर्गत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि भएमा –पिसिआर रिपोर्ट पोजेटिभ भएमा बीमीतलाई तत्कालै भुत्तानीको प्रावधान रहेको समेत के.सीले बताउनु भयो । छोटो समयमा बिश्वास जित्न सफल सिखर ईन्सुरेन्समा बिमा गर्नेको सख्या निकै धेरै छ ।