सन्धिखर्कको हटारी नेटा आइसोलेसन खत्तम, संक्रमितहरूले खानेपानी समेत पाएनन्

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्लामा काेराना पाेजिटिभ देखिएकालाई राख्ने सन्धिखर्कको हटारी नेटा आईसाेलेशन खत्तम भएको संक्रमितहरूले बताएका छन् । नाम मात्रको आइसोलेसन भएको र त्यहाँ आफुहरू बस्न नसक्ने अवस्थामा पुगेको उनिहरुले बताएका छन् ।
हिजो सोमबार साँझ हटारी नेटा आईसाेलेशन आएकालाई रातभर खानेपानी समेत नदिएको गुनासो उनिहरुको छ । उनिहरु भन्छन्; खानेपानीको त व्यवस्था छैन् अरुका त कुरै छोडौ । साथै यहाँ शौचालय प्रयोग गर्न नसक्ने छ । खानाको व्यवस्था राम्रो छैन् । यस्तै ईन्टरनेटको नाम मात्र हो, नेट खासै राम्रो चल्दैन् । सुत्ने कोठा — कोठाका भित्ता पनि फोहोर,  दुर्गन्धित छन् ।
यस्तै यहाँ फोहोर दुर्गन्धित कारण बस्न समस्या परेको ३४ जना संक्रमितले बताएका छन् । हटारी नेटा आईसाेलेशनमा आएर झन विरामी परिने, स्वास्थ्यमा समस्या पर्न सक्ने, —- यहाँ पानी, सरसफाई लगायतको ठुलो समस्या छ ।  उनिहरु भन्छन्; शौचालय-बाथरूममा नाली बन्द भएर पानी दिसा पिसाब भरिएर भित्र पस्नसम्म नसकिएको  र  बिमारी ठिक हुन भन्दापनि झन बिमार हुने डर भयो । नियमित स्वास्थ्य चेक गरेका छैनन् ।
लाखौं- लाख रुपैया खर्च गरेर निर्माण गरि बनाएका ४५ वटा महिला, पुरुष आईसाेलेशन कक्षहरु गाउँमा बनेका क्वारेन्टाइन भन्दा पनि खत्तम भएको संक्रमितहरूले बताएका छन् । हटारी नेटा आईसाेलेशनमा अहिले ३४ जना संक्रमित  राखिएको छ । भने आईसाेलेशन क्षमता ४५ जनाको निर्माण गरिएको छ ।
यस्तै हटारी नेटाका एक युवाले नाम नबताउने सर्तमा भने आईसाेलेशन कक्षहरु निर्माणको नाममा, व्यवस्थापनका नाममा ठुलो पैसाको अनमियता भएको छ ।
कोरोना -लकडाउनका बेलामा पनि भ्रष्ट्रचार गर्न छोडेनन्; जिल्लामा कोरोनाका नाममा करौडौ रकम भित्रिएको छ, जम्मा भएको छ । तर जिल्लाभर क्वारेन्टाइनका नाममा व्यवस्थापनका नाममा ठुलो पैसाको अनमियता भएको छ, यो गर्ने जनप्रतिनिधी र कर्मचारी हुन्,, क्वारेन्टाइन खर्चका नाम बढी – बढी बिल बनाएर खर्च विवरण देखाउन्छन् तर सुविधा जिरो छ;  उनी भन्छन् ।
उता आइसोलेसनमा पठाइएका संक्रमितहरूको उचित सेबा सुरक्षा तथा ब्यबस्थापन नभएको भन्दै अर्घाखाँचीबासीहरुले सामाजिक संजालमा जिल्ला प्रशासन, जिल्ला स्वास्थ, नगरपालिका लगायत जिल्लाका जनप्रतिनिधीहरुको व्यापक आलोचना गरेका छन् ।
हिजो मंगलबार सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक बाहेक सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन  ५ जना गरी १५ जना = कुल  २९ जना,  शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय १ जना पुरूष र  पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी  शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय १ जना पुरूष सहित ३० जना ल्याएर राखिएको छ ।  जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् ।
यस्तै यसअघि  ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएका, ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्ति र  गत ज्येष्ठ १२ गते सोमवार  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएका गरी ४ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।

अन्य समाचारहरु