अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची । अर्घाखाँची जिल्लामा काेराना पाेजिटिभ देखिएकालाई राख्ने सन्धिखर्कको युवावर्ष रबिचित्र माबि हटारीनेटा आइसोलेसन सुधार गरिने भएको छ ।
अब देखिको यस आइसोलेसन सेन्टरमा दिनको २ पटक खाना र २ पटक नास्ता, नुहाउने र धुने साबुन, तुथपेष्ट, ब्रस, टाबेल लगायतका ब्यक्तिगत सरसफाईंका साधनहरु (छुट्टाछुट्टै ), तातो पानीको लागि सबै कोठामा इलेक्ट्रीक कित्लि, ईन्टरनेट सेवा, सिसि क्यामरा र इन्टरकम सहितको टेलिफोन सेवा, खाना तातो राख्ने कन्टेनर, खाना खाने थालहरु र आवस्यक्ता अनुसार कागजका रिकापिहरुको सुबिधा उपलब्ध गराईने छ ।
यस्तै श्वास लिन गह्रो भए स्वयमं अक्सिजन लिन सक्ने गरि अक्सिजन सिलिन्डर र आवस्यक सामग्री, नयाँ र सफा शौचालय सरसफाई, २४ सै घन्टा सुरक्षा कर्मी सहितको सुरक्षा सेवा, जिल्ला अस्पतालका चिकित्सकहरु बाट प्रत्येक दिन कम्तिमा २ पटक र आवस्यक्ता अनुसार स्वास्थ्य अवस्थाको जानकारी, कम्तिमा दिनको २ पटक स्थानिय जनप्रतिनिधिहरुबाट स्थलगत अनुगमन र निरन्तर समन्वय तथा ब्यबस्थापन, ज्वानो, अदुवा, कागती, गुर्जो आदि स्थानिय औसधिजन्य बस्तुहरु को उपलब्धताको तयारी, योगा, ध्यान, ब्यायम र मनोरन्जनको तयारी, बुटवल रिफर गर्नु पर्ने भए एम्बुलेन्स सेवा, स्थानिय प्रशासनबाट दैनिक निगरानी लगायतका सुबिधा उपलब्ध गराईने भएको छ ।
यसअघि अर्घाखाँची जिल्लामा काेराना पाेजिटिभ देखिएकालाई राख्ने सन्धिखर्कको हटारी नेटा आईसाेलेशन खत्तम भएको संक्रमितहरूले बताएका थिए । नाम मात्रको आइसोलेसन भएको र त्यहाँ आफुहरू बस्न नसक्ने अवस्थामा पुगेको उनिहरुले बताएका थिए । उनिहरुले खानेपानी समेत नदिएको बताएका थिए ।
सिडियोले भेटे संक्रमितलाई, ढिकुरा, बेलबाटिका, मथुरामा नयाँ आइसोलेसन
हिजो मंगलवार उपचाररत जिल्लाका ३४ संक्रमितको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल सन्धिखर्क हटारीनेटाको युवावर्ष रबिचित्र माबि आइसोलेसनमा पुग्नुभएको थियो । उहाले आइसोलेसनमा पुगेर समाचारमा आएअनुसार संक्रमितको अवस्था बुझ्नु भएको थियो ।
साथै जिल्लामा आइसोलेशन निर्माण गरेकाले संक्रमितको उपचारमा सहज भएकाले अन्य सन्क्रमित बढने सम्भावना भएकोले पुनः अन्य स्थान सारदा माबि ढिकुरा, चुत्राबेसीको अर्घाखाँची आवासीय उच्च मावि बेलबाटिका र सिटीईभीटी कलेज मथुरामा पनि आइसोलेसन बिस्तार गर्न बिकल्पबारे पहलका लागि छलफल भैरहेको बताउनुभएको छ ।