सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ जगत निबासी ज्ञानहरी आचार्य गण्डकी प्रदेशको पोखरामा सफल युवा ब्यबसायी तथा सामाजिक राजनीतिक अभियान्ताको रुपमा चर्चित छन् ।
पोखराका झन्डै २ दर्जन सामाजिक संघ संस्थामा आबद्द रहेका ज्ञानहरी आचार्य पेसाले प्रोफेसर समेत हुन् । उनि बिहानदेखि बेलुकासम्म आफ्नो क्याम्पसमा क्लासदेखि कृर्षि फर्म पुगेर रेखदेख गर्ने गर्छन्, उनको पोखरामा ठुलो कृर्षि फर्म छ ।
मिडिया प्रेमि आचार्य पोखराको फेवा टेलिभिजनका संस्थापक सदस्य आचार्य जिपि बिल्डर्स एन्ड सप्लायर्स कम्पनीका अध्यक्ष लाईन्स क्लब अफ पोखराको साग्रीलाको अध्यक्ष, नेपाल मानव अधिकार संगठन अर्घाखाँचीको अध्यक्ष, ताज नेपाल ईन्टरनेसनल प्रालि पोखराका प्रबन्धक निर्देशक, मिलिजुली बचत सहकारी संस्था पोखराका उपाध्यक्ष, अन्तरसमाज माहासघ राष्ट्रिय समितिका राष्ट्रिय सल्लाहकार, सुपा देउराली गट जोन प्रालि मृर्षि फर्मका सन्चालक, अर्घाखाँची पोखरा सम्पर्क समाजका सल्लाहकार गरि दर्जनौं संघ संस्थामा आबद्द रहि काम गर्दै आईरहेका छन् ।
सहयोगी मनका धनी आचार्यले पोखरामा बसी अर्घाखाँचीका बिभिन्न दु:खि पिडितहरुलाई सहयोग गर्दै आएका छन् ।
अर्घाखाँचीबाट पोखरा गएर कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्न आचार्यले आग्रह गर्ने गरेका छन् । अर्घाखाँचीबाट पोखरामा पुगेर स्थापित बनेका युवा ब्यबसायी सामाजिक अभियान्ता आचार्यले लकडाउनका बेला चुलो बाल्न समस्या भएका धेरै ब्यक्तिलाई ब्यक्तिगत खाधन्य सहयोग गर्दै आएका छन् । आचार्यले जन्म थलो अर्घाखाँचीमा पनि सहयोग गर्ने चोच बनाएको बताउछन् ।