मालारानीका पुरुषको कोरोना परिक्षणको रिपोर्ट मागेर बुटवल अस्पतालले भर्ना नगर्दा ज्यान गयो

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको छ। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी-४ खनकै रातुका चौरमा शव राखिएको छ। शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन्। स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह सस्कारको काम पनि रोकिएको छ।
नबिन के.सी 
खनदह, अर्घाखाँची  २९ जेठ २०७७  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वरेण्टीनमा बसेर उपचारको लागि बुटबल गएका पुरुषको मृत्यु भएको छ ।
 मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेण्टीनमा बसेका ५७ वर्षीय पुरुषको उपचारका लागी मंगलबार स्वास्प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल अर्घाखाँची पुगेको र अर्घाखाँची अस्पतालले सामान्य उपचार पश्चात प्रादेशि अस्पताल बुटवल रिफर गरेको थियो ।
तर बिरामिलाई प्रादेशिक अस्पतालले कोरोना जाचँको रिपोर्ट भए मात्र गेट भित्र जान नदिएको मृतकका आफन्त प्रकाश खनालले बताए । ‘प्रादेशिक अस्पतालले कोरोना जाचँको रिपोर्ट मागेपछि कोरोना अस्पताल लगेका थियौ त्यहाँ पनि कोरोना जाचँको रिपोर्ट मागेपछि स्थानीय किल्नीकमा देखाएर औषधी दिएर घर फर्कदै गर्दा बाटोमानै घटना भयो । ’भारतको मुम्बईबाट आउनुभएका उहाँ क्वारेण्टीनमा बस्दै आउनुभएको थियो । उहाँको जेष्ठ २३ गते श्वाब संकलन गरि जाचँको लागी प्रादेशीक प्रयोगशाला भैरहबामा पठाईएको मालारानी गाउँपलिकाका स्वास्थ्य संयोज भबिश्वर खनालले बताए । ‘ उहाँ निमोनियाको रोगी भन्ने थाह पाएपछि हामिले स्वाब संकलन गरेका थियौ ।
’ अस्पतालले कोरोनाको रिपोर्ट खोजेर भर्ना गर्न नमान्नु दुःखद र अमानबिय व्यबहार भएको मालारानी मृतकका आफन्त प्रकाश खनालले भने । ‘जिल्ला अस्पतालले प्रादेशिक अस्पतालमा रिफर गरेपछि भर्ना गर्नुको साटो पिसीआर रिपोर्ट माग्नु दुखद हो । यस बिषयमा छानबिन गर्नको लागी सरोकारवालाई आग्रह समेत गर्दछु । यसरी सबै बिरामीको कोरोना जाचँको रिपोर्ट माग्ने हो भने त कोरोना बिशेष अस्पतालको के काम भयो ? । ’ अहिले मृतकको सब व्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत अन्योल भएको छ । यो समाचार तयार पार्दा सम्म मृतकको सब व्याबस्थापको समेत टुङ्गो लागेको छैन ।
मृतका दाजु भाई र छिमेकिहरुले पिसीआरको रिपोर्ट आएपछि मात्रै सदगद गर्ने बताएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । ‘हामिले पिसीआरको रिपोट आउन ठिला हुन सक्दछ निर्देशिका अनुसार सब व्यबस्थापन गर्न सुझाब दिएका छौ । उहाँहरु रिपोर्टको पर्खाइमा हुनुहुन्छ । 

अन्य समाचारहरु