मालारानीका मृतकको रिर्पोट पोजेटिभ,अर्घाखाँचीमा कोरोनाका कारण मृत्‍युको संख्या २ पुग्यो

अर्घाखाँचीडट्कम
खनदह, अर्घाखाँची  २९ जेठ २०७७  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । योसँगै अर्घाखाँचीमा कोरोनाबाट मुत्यु हुनेको संख्या २ पुगेको छ ।
 मालारानी गाउँपालिका-४ खन ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालय क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको पछि दोस्रो पटक स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएकोमा आज बिहीवार पिसिआर रिर्पोट पोजेटिभ आएको हो ।  
परिवारले परिचय दिए अनुसार खनका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको थियो ।  बुधबार बिहान उपचार गरेर फर्किने क्रममा उनको मृत्यु भएको थियो। 
जेठ २३ गते स्वाब झिकेर  प्रयोगशालामा पठाइएको स्वाबको नमुना हराएपपछि फेरि जेठ २४ गते बिहीबार बिहान  परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रय‍ोगशाला भैरहवामा पठाइएको थियो। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई खनकै रातुका चौरमा शव राखिएको थियो ।  शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका थिए ।  स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह सस्कारको काम रोकिएको थियो ।   
भारतबाट आएका उनी १४ दिनदेखि क्‍वारेन्टाइनमा बस्दै आएका थिए। घाटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो।  सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटबल रिफर गरिएको थियो। बुटवलमा सामान्य उपचारपछि ज्वरो आएको र र घरमा गएर आराम गराउन  अस्पतालले सल्लाह दिएपछि घर फर्कंदै गरेका उनी गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे निधन भएका थिए। 
मृतकको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शवलाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ। मृत्यु भएको ३२ घण्टापछि रिपोर्ट आएको हो। 
उता यसअघि परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका कृष्ण बहादुर गैरे, वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।
अर्घाखाँचीमा अहिलेसम्म ३५ जना संक्रमित फेला परेका छन् । भने २ जनाको मृत्‍यु भएको छ । 
यस्तै जेठ २७ गते मंगलबार सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको थियो ।  काेराना पाेजिटिभ देखिएका सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा १ जना उपप्रमुख ठाकुर कुमार विक, वार्ड नम्बर ६ नरपानीको विध्या विनायक आधारभुत बिधालय र भृकुटी आधारभूत बिधालय क्वारेन्टाइनमा १२ जना, वार्ड नम्बर ७ खाँचीकोटकाे आदर्श माबि १० जना, चन्द्र प्रभा माबि क्वारेन्टाइन  ५ जना गरी १५ जना = कुल  २९ जना,  शितगंगा नगरपालीकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूष र  पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी  शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना १ जना हुन् । जसमा २९ जना पुरुष २ जना महिला रहेका छन् । 
खाँचीकोटको आदर्शमाबी, चन्द्र प्रभा माबि, नरपानीको विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।
यस्तै ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको थियो । यस्तै ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र  गत ज्येष्ठ १२ गते सोमवार  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो । 
 सबै ३५ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।    संक्रमित सबैको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।

अन्य समाचारहरु