अर्घाखाँचीका ब्यवसायीहरुले मंसिर अगाडि बैंकको कर्जा नतिर्ने

दिपेन्द्र श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ब्यवसायीहरुले मंसिरसम्म बैंकको कर्जा नतिर्ने भएका छन् ।
अर्घाखाँचीका यातायात ब्यवसायी, फलफुल तथा तरकारी व्यवसायी,  निर्माण ब्यवसायी,  होटल तथा रेष्टुरेण्ट व्यवसायी, औधषी व्यवसायी लगायतका सबै ब्यवसायीहरुले  लामो लकडाउनका कारण मंसिरसम्म बैंकको कर्जा तिर्न नसक्ने बताएका हुन् ।
ब्यवसायीहरुले विज्ञप्त्ती निकाली लकडाउन अवधी घरभाडामा छुट दिन माग, बैंकको ब्याज तिर्न नसक्ने, सोको लागि प्याकेज कार्यक्रम ल्याउनुपर्ने लगायत मागहरु सरकारसँग गरेका छन् । यस्तै साना व्यवसायीहरुले लामो समय ब्यापार बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको बताउदै आएका छन् । 
साना व्यवसायीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफूहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । सरकारले राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको उनिहरुको भनाई छ ।
अर्घाखाँचीका ब्यवसायीहरुले लकडाउनका कारण महिनौदेखि व्यापार, व्यावसाय नहुँदा आम्दानी स्रोत ठप्प भएको भन्दै निरन्तर कुनै हालतमा बैंक र कर तिर्न नसक्ने बताउदै  आएका छन् । 
लकडाउनका कारण महिनौदेखि हाम्रो सबै ब्यवसाय सबै ठप्प छ, बजार खुले पनि नखुले पनि ब्यवसाय सुन्य छ । बैंकले पैसा तिर्न ताकेता गरेका छन्,  घरमा थुनिएर बसेका हामी ब्यवसायीहरुलाई पैसा मागेर हैरान पार्ने बैंकलाई कारर्बाही किन हुँदैन, संवेदनशिल समयमा सबैले बुझ्नुपर्छ; हामीले कार्तिक मंसिरपछि थोरै थोरै गरी तिर्दै जान्छौ;  सन्धिखर्कका ब्यवसायी कृष्ण श्रेष्ठले भने । 
लकडाउनका कारण महिनौदेखि अर्घाखाँची ठप्प छ, सबै घरमा थुनिएर बसेका छन्,  – – ब्यवसाय बन्द गरेर घरमा बस्न वाध्य छन् । 
बैंकको ऋण  समयावधि बढाउनुका साथै जिल्लाका यातायात व्यवसायी, फलफुल तथा तरकारी व्यवसायी,  निर्माण ब्यवसायी,  होटल तथा रेष्टुरेण्ट व्यवसायी, औधषी व्यवसायी लगायतका सबै ब्यवसायीहरुले लकडाउन अवधिको बैंकको ब्याज र सबै किसिमका करहरु समेत मिनाहा हुनुपर्ने माग समेत गरेका छन् ।
उता ऋण तिर्न ताकेता नगरेको अर्घाखाँची जिल्लामा सबै बैंक शाखाले बताउदै आएका छन् । अहिले ग्राहकलाई केही भनेका छैनौ; हामीले समस्या बुझेका छौ भन्ने जिल्लाका सबै बैंकको भनाई एकै छ ।   

अन्य समाचारहरु